मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गरी एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

मन्त्री आलेले अछाम घर भई भारतकाे मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएकाे हाे ।

आफूविरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका हुन् ।

मन्त्री आलेले ओलीलाई मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्की दिएकाे अडियाेमा सुनिन्छ ।

ओली र आलेबीच फेसबुक म्यासेन्जरमा सुरुमा राम्रैसित कुराकानी हुन्छ । मन्त्री आलेले के कमेन्ट गरेकाे भन्दै अश्लील बाेल्न थालेकाे सुनिन्छ ।

तर मन्त्री आलेकाे सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको जनाएकाे छ ।

आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले अछाम घर भई भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तर रुपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको जनाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्