शिल्पाले खुशी दिन सकिन भन्दै शर्लिनकोमा धाउँथे राज

भारतीय मिडियाकाे लाइमलाइटमा अहिले शिल्पा सेट्टी रहेकी छन् । उनका पति राज कुन्द्रा अश्लील चलचित्रको फन्डामा परेर हिरासतमा पुगेपछि उनको चर्चा चुलिएको हो ।

टिकटक तथा इन्टाग्राममा उनीहरुको सम्बन्ध निकै रमाइलो रहेको देख्न सकिन्छ । उनीहरु प्राय रमाएको पोष्ट मात्र देख्न सकिन्छ ।

तर, हाल उनीहरुको सम्बन्धलाई लिएर नयाँ खबर बाहिर आएको छ ।

व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेपछि उनीहरुको सम्बन्धको बारेमा चर्चा चल्न थालेको हो ।

राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लील चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् ।

तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि सेक्सूअल ह्यारेसमेन्टको आरोप समेत लगाएकी छन् ।

राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । साथै, उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ ।

शर्लिनले आफ्नो बयानमा क्रममा सन् २०१९ मार्च २७ मा भएको विजनेस मिटिङका क्रममा भएको बहसलाई लिएर विना जानकारी राज उनको घरमा पुगेका थिए । शर्लिनले राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको समेत आरोप लगाएकी छन् ।

आफूले राज एक विवाहित पुरुष भएकाले पनि सम्बन्ध राख्न नसक्ने जवाफ दिएको शर्लिनले बयानको क्रममा बताएकी छन् ।

राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय तनावमा रहने गरेको जानकारी गराएको पनि शर्लिनले बयानका क्रममा बताएकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्