ज्योति मगरले ल्याइन् नयाँ तीज गीत

पहिरण र प्रस्तुतिका साथै गीतमा समेत छाडा शब्द प्रयोग गरेर चर्चामा आउने गरेकी गायिका ज्योति मगरले ‘मितिनी’ बोलको नयाँ तीज गीत ल्याएकी छन् ।

यसपटक भने उनले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, बद्री पंगेनी, प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्कालगायत कलाकारहरु सहभागी भएको एक कार्यक्रमका बिच आफ्नाे गीत सार्वजनिक गरेकी हुन् ।

मितिनीमा ज्योति मगर र रितिका कुँवरको स्वर रहेको छ । शब्द र संगीत भने शरद पाण्डेको हो भने संगीत संयोजन योगेश काजीले गरेका हुन् ।

रिजान नेपाल युट्युबबाट सार्वजनिक गरिएको यस गीतको निर्देशन नृत्य निर्देशक शंकर विसीले गरेका हुन् । भिडियोमा ज्योति मगर र रितिका कुँवरले मितिनीको भूमिका निर्वाह गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्