अमेरिकामा प्रेमीसँग रंगेहात पक्राउ परेपछि भारत फर्किएकी थिइन् प्रियंका

बलिउडसँगै हलिउडमा पनि ख्याति कमाउन सफल भएकी अभिनेत्री प्रियंका चोपडाले आफ्नो नयाँ पुस्तकमा जीवनका रोचक प्रसंगहरु खुलाएकी छन् ।

‘अनफिनिस्ड’ नामक आफ्नो पुस्तकमा प्रियंकाले विद्यालय जीवनमा आफ्नो प्रेमीलाई घरमा बोलाएको र आफ्नी आन्टी एक्कासी घर आएपछि आफूले प्रेमीलाई दराजमै लुकाएकाे उल्लेख गरेकी छन् ।

पुस्तकका अनुसार प्रियंकाकाे प्रेमीको नाम बब थियो । आफूले बबलाई असाध्यै माया गर्ने गरेको उनले बताएकी छन् ।

भारतीय सञ्चारमाध्यम जुमका अनुसार प्रियंका र बबको कक्षा १० मा पढ्का नै प्रेम सम्बन्ध थियो । त्यसबेला प्रियंका आफ्नी आन्टी किरणसँग अमेरिकाको इन्डियानापोलिसमा बस्थिन् ।

पुस्तकमा प्रियंकाले लेखेकी छिन्, ‘एक दिन बब र म हात पक्रिएर सोफामा सँगै बसेर टिभी हेरिरहेका थियौं । मैले झ्याल बाहिरबाट आन्टी आइरहेको देखेँ । म निकै डराएको थिएँ । त्यसबेला दिउँसोको २ बजेको थियो र आन्टी सँधै आउने समयभन्दा चाँडै आउनुभएको थियो । बब घर बाहिर जाने सम्भावना थिएन । त्यसकारण मैले बबलाई दराजमा लुकाएँ ।’

पुस्तकमा उनकी आन्टीले दराज खोल्न लगाएको र बबलाई देखेको प्रसंग उल्लेख छ ।

पुस्तकमा भनिएको छ, ‘मैले आन्टी त्यसरी रिसाएको कहिल्यै देखेको थिइनँ ।’

उक्त घटनापछि आन्टीले आमालाई फोन गरेर बृतान्त सुनाएको र त्यसपछि नै आफू भारत फर्किएको प्रियंकाले लेखेकी छिन् ।

भारत फर्किना साथ प्रियंकाले मिस इन्डियामा भाग लिएको र मिस इन्डियाको ताज पहिरिएपछि नै उनले मिस वर्ल्डको उपाधि पन जितेकी थिइन् । मिस वर्ल्डकाे उपाधि जित्दा प्रियंका १८ वर्षकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्