सुनिता थेगिम र सुवास मगरकाे ‘पछ्यौरी ढाकाकै’ सार्वजनिक

सुनिता थेगिम र सुवास मगरकाे स्वरमा पूर्वेली भाकामा ‘पछ्यौरी ढाकाकै’ बोलकाे गीत सार्वजनिक गरिएकाे छ ।

उक्त गीतमा खगेन्द्र पन्धाक लिम्बूकाे शब्द र संगीत रहेको छ । एरेञ्ज भने श्याम लिम्बू (रिजन) र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।

प्रकाश लिम्बूकाे निर्देशन रहेको यस भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोरकुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेकाे छ ।

यस गीतकाे छायांकन साथै सम्पादन बिबी लिम्बूले गरेका हुन् भने ड्रोन सट पर्शु लिम्बूले लिएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्