खोटाङबाट ज्वाला राईलाई २७ हजार १०० भोट

ज्वाला राई जिताऔं अभियान खोटाङले द भ्वाइस अफ नेपाल–३ का प्रतिस्पर्धी ज्वाला राईलाई कूल ८१ हजार ३०० रुपैयाँ संकलन गरी २७ हजार १०० भोट गरिएको जनाएको छ ।

अभियानका संयोजक एलवी मगर, सहसंयोजक उदिम चाम्लिङ र सदस्य सचिव प्रतिमा केसीले आज एक प्रेस विज्ञप्ति निकाली संकलन गरिएको रकम र भोटबारे जानकारी गराएका हुन् ।

समितिले गत साउन १९ गतेदेखि आज साउन २३ गतेसम्म विदेशबाट ३१ हजार रुपैयाँ र खोटाङबासीबाट ५० हजार ३०० रुपैयाँ संकलन गरिएको जनाएको छ ।

भोजपुर घर भएका ज्वाला राई एक प्रतिभाशाली गायक हुनुका साथै प्रदेश नं १ बाट एक्लो प्रतिस्पर्धी भएकोले खोटाङमा रहेका उनका समर्थकहरुले अभियान समिति गठन गरी भोटिङका लागि अभियान चलाएका हुन् ।

समितिले अभियानमा साथ दिने सबैलाई आभार प्रकट गरेको छ । र आजकै मितिदेखि अभियान समिति भंग गरिएको जानकारी गराएको छ ।

अभियान सञ्चालनका लागि साउण्ड सिस्टममा मनोज इलेक्ट्रोनिक सेन्टर दिक्तेल बजारले र सहभागीहरुलाई मिरमिरे होटल हुर्लुङ र चाम्लिङ होटलले निःशुल्क खाजाको व्यवस्था गरी सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्वाइस अफ नेपाल–३ को फिनाले आज राति ८ बजेदेखि १० बजेसम्म हुँदैछ ।

जसमा ज्वाला राईका साथै तारा श्रीस मगर, आर्यन तामाङ र किरण गजमेरले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा सबभन्दा बढी भोट ल्याउनेले उपाधि प्राप्त गर्नेछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्