काेराेना संक्रमणबाट हाँस्य कलाकार शम्भुराज थापाकाे निधन

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को शनिबार बिहान ६४ वर्षकाे उमेरमा निधन भएको छ ।

काेराेना संक्रमणपछि पाटन अस्पतालमा उपचार गराउने क्रममा शनिबार बिहान ४ः४० बजे उनकाे निधन भएकाे हाे ।

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए ।

थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्