दक्षिण कोरिया- गायक, संगीतकार तथा एरेञ्जर सुर्य रुम्बाको स्वरमा रहेको प्रेमको रंग बोलको गीत सार्वजानिक भएको छ ।

गीतको म्युजिक भिडियोलाई रुम्बा टिभी युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ । शनिबार जुम भर्चुअलमार्फत पत्रकार सम्मेलन गरी गीतको भिडियो सार्वजानिक गरिएको हो ।

लामो समयदेखि नेपाली तथा तामाङ भाषाको गीत संगीतमा कृयाशील रुम्बाले दुइवटा एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जनौ सिंगल ट्रयाकहरु बजारमा ल्याइसकेका छन् ।

रुम्बाले बिभिन्न चलचित्रहरुको गीतमा स्वर भर्नुका साथै संगीत पनि गरिसकेका छन् ।

म्युजिक भिडियोको निर्देशन शुभराज भोम्जनले गरेका छन् भने छायांकन अमिर योञ्जनले गरेका छन् । म्युजिक भिडियोमा सुर्य रुम्बा र पारु स्याङतानले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई कोरियाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । भिडियोको सम्पादन बिसालराज राईले गरेका छन् ।

गीतमा शब्द, संगीत र एरेञ्ज आरबी सिंदानको रहेको छ । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार रामकुमार एलन, जनजाति पत्रकार महासंघ कोरियाका अध्यक्ष गोकुल थोकर, गैरआवसीय नेपाली संघ दक्षिण कोरियाका आइसीसी सदस्य सोम तामाङ, जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेण्डुप शेर्पा लगायत विभिन्न सन्चारगृहमा आबद्ध सन्चारकर्मीहरु र अन्य संघसंस्थाका प्रमुखहरुकाे सहभागिता रहेको थियाे ।

 

Please enter your comment!
Please enter your name here