Saturday, April 1, 2023

दीपकराजले भने- दीपालाई ईश्वरले नै मेरो साथी बनाएर पठाएको रहेछ

लोकप्रिय हाँस्य कलाकार दीपकराज गिरिले ईश्वरले नै दीपाश्री निरौलालाई आफ्नाे साथी बनाएर पठाएको बताएका छन् ।

कलाकार निरौलाको जन्मदिनको अवसरमा शुभकामना दिँदै गिरिले भने, ‘मैले ईश्वरसँग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए । तर ईश्वरले आशीर्वादको रुपमा उनीलाई मेरो साथी बनाएर पठाएका पत्तै भएन ।’

निरौलाको जन्मदिनको अवसरमा आज गिरिले फेसबुकमा संयुक्त तस्बिर राख्दै यो कुरा उल्लेख गरेका हुन् ।

उनले ३० वर्षअघि आफू चप्पल र झुत्रे लुगा लगाएर नाटक खेल्न रेडियो नेपाल धाउदा निरौलालाई भेटेको बताएका छन् ।
हाँस्य कलाकारितामा दिपक र दीपाश्रीको जोडी लोकप्रिय बनेको छ ।

उनीहरुले ‘राम बिलास धनिया’ र ‘तितो सत्य’ मा लामो समय सँगै काम गर्नुका साथै विभिन्न चलचित्रहरुमा काम गरेका छन् ।

कला क्षेत्रमा दुईजना बिचको सम्बन्धलाई लिएर गसिप तथा अनेक खालका टिप्पणी पनि हुने गरेको छ ।

गिरि विवाहित हुन् भने निरौलाले अहिलेसम्म पनि विवाह गरेकी छैनन् ।

गिरिले निरौलाको तारिफ गर्दै भनेका छन्, ‘जसले जे भनोस् उनी संसारकै सबैभन्दा जाती छिन्, मेरो एउटा साथी छिन्, जो सबैभन्दा माथि छिन् ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्