Thursday, June 1, 2023

मनबहादुर पुनको लेखन तथा निर्देशनमा आयो हाँस्य टेलिश्रृंखला ‘अचम्मै भो’

मनास्लु मिडिया प्रा.लि.ले हरेक हप्ताको मंगलबार युट्युब च्यानल मलास्लु टिभीबाट प्रशारण गर्ने गरी हाँस्य टेलिश्रृंखला ‘अचम्मै भो’ सुरु गरेको छ ।

मनास्लु मिडियाको अध्यक्षसमेत रहेका मनबहादुर पुनको लेखन तथा निर्देशनमा ‘अचम्मै भो’ निर्माण गरिएको हो ।

यस टेलिश्रृंखलाको पहिलो भाग गत मंगलबार मनास्लु टिभीमा राखिएको छ ।

अचम्मै भोमा रामप्रसाद पाठक, राजकुमार रायमाझी, मिलन लामा, कविता लामा, कमल ओली, रविना भण्डारी, सुस्मिता श्रेष्ठ, कल्पना मगर, निर्मल कार्की, मेखबहादुर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यस टेलिश्रृंखलाको छायांकन तथा सम्पादन निर्देशक पुनले नै गर्नेछन् ।

निर्देशक पुन निर्देशनका साथै गायन, संगीत, लेखन तथा पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहेका व्यक्ति हुन् ।

उनले समाजको विभिन्न पक्ष र राजनीतिक क्षेत्रमा भइरहेका गलत विषयमाथि व्यंग्य गर्दै दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यले अचम्मै भो सुरु गरिएको बताए ।

उनले दर्शकहरुलाई अचम्मै भो हेरेर सुझाव तथा प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्