भूपाल राईको संघीय गीत ‘देशै रमाइलो’ युट्युबमा

वरिष्ठ कवि तथा गीतकार भूपाल राईको शब्द र संगीतमा निर्माण गरिएको संघीय गीत ‘देशै रमाइलो’ युट्युबबाट सार्वजनिक गरिएको छ ।

यो गीत आज कवि भूपाल राईको आफ्नाे युट्युब च्यानल ‘भूपाल राई अफिसियल’बाट सार्वजनिक गरिएको हो ।

नरोत्तम पाण्डेले सम्पादन गरेको यो गीतमा रुपकुमार राईको स्वर रहेकाे छ भने यसलाई पविधन खालिङले एरेन्ज गरेका हुन् ।

कवि भूपाल राईले २०६१ सालतिर लेखिएको यो गीत २०६६ सालमा रेकर्ड गरिएको बताए ।

‘लाग्थ्यो १७/१८ वर्ष अगाडि बनेर, झण्डै १२ वर्ष अगाडि रेकर्ड भएको प्रस्तुत गीतले परिकल्पना गरेको संघीय संरचनामा देश जाला र यो गीत बासी होला । तर पहिचानविरोधी शक्तिहरुको कारणले त्यसो हुन सकेन,’ फेसबुकबाट उनले भनेका छन्, ‘दुर्भाग्यबस संघीयताविरोधी आवाजहरु आज झन मुखर हुँदै आइरहेको छ । त्यसैले ठीक यही बेला यो पुरानो गीत यसरी यो रुपमा साझा बनाउने दायित्वबोधले घच्घच्यायो । संघीयता र सामाजिक न्यायको लागि लड्नु भएका तपाईं प्रत्येक शक्ति र व्यक्तिको आफ्नै गीत हो यो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्