तिमी लिम्बू
तिम्रो लिम्बुवान नै छैन भने
तिमी किरात
तिम्रो किरात नै छैन भने
तिमी गुरुङ तिमी शेर्पा तिमी भोटे तामाङ
यदि तिम्रो तमुवान ताम्सालिङ नै छैन भने
किन चाहियो तिमीलाई नेपाल ?
तिमी दमाई तिमी कामी र सार्की
निषेध छ मन्दिरको ढोका
किन चाहियो हिन्दू राष्ट्र नेपाल ?
आजसम्म राहदानी बाहेक कुनै थोक नपाएको देश
पानी भर्ने कुवादेखि हाकिम बस्ने अड्डासम्म विभेद
देश सबैको हुन्छ
यदि हुँदैन भने
र कोही हुँदैन भन्छ भने
तिमी जाने कहाँ ?
म जाने कहाँ ?
हामी जाने कहाँ ?
पासपोर्ट हुँदैमा युरोपले जेटको टिकट दिन्छ र ?
त्यसैले एक फैतुम
स्वघोषित शासकहरुसँग अन्तिम वात मारौं
र पनि हुँदैन भने
कोरौं रगतको सीमारेखा
बनाऔं नयाँ देश
–सुबास राई
दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१४ बुइपा, खाेटाङ
हालः साउदी अरब ।
तिम्रो इतिहास मेटाइन्छ , अस्तित्व मेटाइन्छ भाषा लिपि मासिन्छ र मातृभुमी माथिकोअधिकार खोसिन्छ भने किन चाहियो यो राज्य ?