Tuesday, March 28, 2023

नयाँ देश

तिमी लिम्बू
तिम्रो लिम्बुवान नै छैन भने
तिमी किरात
तिम्रो किरात नै छैन भने
तिमी गुरुङ तिमी शेर्पा तिमी भोटे तामाङ
यदि तिम्रो तमुवान ताम्सालिङ नै छैन भने
किन चाहियो तिमीलाई नेपाल ?
तिमी दमाई तिमी कामी र सार्की
निषेध छ मन्दिरको ढोका
किन चाहियो हिन्दू राष्ट्र नेपाल ?
आजसम्म राहदानी बाहेक कुनै थोक नपाएको देश
पानी भर्ने कुवादेखि हाकिम बस्ने अड्डासम्म विभेद
देश सबैको हुन्छ
यदि हुँदैन भने
र कोही हुँदैन भन्छ भने
तिमी जाने कहाँ ?
म जाने कहाँ ?
हामी जाने कहाँ ?
पासपोर्ट हुँदैमा युरोपले जेटको टिकट दिन्छ र ?
त्यसैले एक फैतुम
स्वघोषित शासकहरुसँग अन्तिम वात मारौं
र पनि हुँदैन भने
कोरौं रगतको सीमारेखा
बनाऔं नयाँ देश

–सुबास राई
दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१४ बुइपा, खाेटाङ
हालः साउदी अरब ।

1 COMMENT

  1. तिम्रो इतिहास मेटाइन्छ , अस्तित्व मेटाइन्छ भाषा लिपि मासिन्छ र मातृभुमी माथिकोअधिकार खोसिन्छ भने किन चाहियो यो राज्य ?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्