चाम्लिङ भाषाकाे पहिलाे बालगीत ‘फोप्ती’ सार्वजनिक [भिडियाेसहित]

चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजोल राईको निर्देशन, परिकल्पना र सम्पादन रहेको यस म्युजिक भिडियो हौवा अनलाइन टिभीको अफिसियल युटुब च्यानलबाट शनिबार सार्वजनिक भएको छ ।

माटो टेक्दा पुर्खाहरूलाई सम्झन्छु । जन्मथलोको शिर ढल्दा शिरउभ्याउनी गर्छु । भाषा सिक्छु । संस्कृति सिक्छु । पहिचान जोगाउँछु । ठूलो मान्छे भएर कुलको इज्जत राख्छु ।

यही भावको गीत चाम्लिङ राई भाषामा गाएकी छन् गायिका निहारिका राईले । यसै गीतमा महिला निर्देशक राईले कथा परिकल्पना गरेकी छन् ।

कथामा बालसखाको फोटो भेटिन्छ । उनीहरुको लामो समयसम्म भेट भएको हुँदैन । उनीहरुलाई आ-आफ्नो दुःखले कहाँ कहाँ पुर्‍याएको हुन्छ ।

धेरै समयपछि उनीहरु पहिचानको अभियानमा भेटिन्छन् । दुबैजना जागिर, व्यवसाय छोडेर भाषा संस्कृतिको अभियानमा लागेका हुन्छन् । यो भेटमा उनीहरु खुसी मनाउँदा मनाउँदै कथा मैझारो हुन्छ ।

किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राईको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रममार्फत् ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

निर्देशक काजोल राईको प्रशंसा गर्दै प्रमुख अतिथि राईले भनिन्, ‘पाँच मिनेटको गीतमा कति जीवन्त कथा परिकल्पना गर्नुभएको रहेछ । महिला आर्टिस्टहरु पनि यसरी फिल्म इन्डस्ट्रिमा निर्देशक भएको देख्न पाउँदा धेरै खुसी लागेको छ ।’

उनले म्युजिक भिडियोभित्र गीत मात्र होइन, कथा पनि हुने बताएकी छन् । यो बालगीतको म्युजिक भिडियोले नयाँ पुस्ताहरुलाई आफ्नो भाषासंस्कृतिप्रति प्रेम जगाउने छ भन्दै उनले म्युजिक भिडियो निर्माता टिमलाई धन्यवाद दिएकी छन् ।

सांस्कृतिक अभियन्ता मविन्द्र राईले म्युजिक भिडियोले धेरै राम्रो निर्देशक पाएको बताए । उनले यसरी हरेक क्षेत्रबाट भाषासंस्कृति बचाउन लाग्नुपर्ने बताए ।

यस ‘फोप्ती’ म्युजिक भिडियोमा नियामा राई, साङ्केन राई, अनुका राई, किवाहाङ राई, इशक राई, नायुमा राई, डी.पी. राईलगायतका कलाकारहरुले अभियन गरेका छन् ।

हौवा अक्षयकोष स्थापनार्थ निर्माण गरिएको यस म्युजिक भिडियोका निर्माता जीवनजित राईले एउटा कोष बनाएर पछिल्ला पुस्ताहरुलाई प्राेत्साहन गर्ने बताए ।

‘फोप्ती’लाई नेपाली भाषामा ‘कोपिला’ भनिन्छ । किरात राई चाम्लिङ भाषामा यो पहिलो बालगीत हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्