श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा

खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा घर भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो ।

१० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि साहित्य र पत्रकारितामा संलग्न रहेका राईका बालकथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ लगायत सात वटा कथा समावेश छन् ।

‘पोलेको मकै’मा विशेषगरी बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ । याे बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक लाग्ने कथाकार राईले बताए ।

हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ राखिएकाे छ ।

स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् ।

बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन् ।

रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्