विमान दुर्घटनामा चर्चित ब्राजिलियन गायिका मेन्डोन्काको निधन

चर्चित ब्राजिलियन गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ ।

मेन्डोन्का २६ वर्षकी मात्र थिइन् ।

ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको छ । मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन् ।

मेन्डोन्का ग्रामी अवार्ड विजेता थिइन् । सम्बन्धमा असफल भएका महिलाको अनुभवमाथि केन्द्रित रहेर गाएका गीतका कारण उनी चर्चित थिइन् ।

‘ब्राजिलमा क्विन अफ सफरिङ’का रुपमा परिचित मेन्डोन्काले कोरोना महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत गरेका ‘गिग्स’मा एकैपटक ३३ लाखसम्म दर्शक ओइरिएका थिए ।

दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो । कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दूरीमा पर्छ । कन्सर्टका लागि निजी विमान चढ्नुअघि उनले सामाजिक सन्जालमा भिडियो पोस्ट पनि गरेकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्