फुलन्देकी आमा नभ्याउने भएपछि मुन्द्रेको कमेडी क्लब बन्द

नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको स्ट्यान्डप कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’ यो साताबाट बन्द भएको छ ।

अब यो हास्यप्रधान कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण नहुने मुन्द्रको कमेडी क्लबका मुख्य कलाकार जितु नेपालले बताएका छन् ।

नेपाल टेलिभिजनबाट ११० भाग प्रसारण भइसकेको हास्यप्रधान कार्यक्रम मुन्द्रेको कमेडी क्लब अबको साताबाट बन्द भएको निर्देशक कलाकार नेपालले बताएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै कलाकार नेपालले सो जानकारी गराए ।

सम्बन्धित विज्ञापन एजेन्सी तथा सहयोगीसँग सम्झौताबिना नै यो कार्यक्रम उनले गरेका कारण एजेन्सी र उनीबीच विवाद बढेको पनि थियो ।

यस विषयमा जितुले भने, ‘मैले यसअघि अन्य कार्यक्रममा बिनासम्झौता अभिनयसँगै निर्माण कार्य पनि गरें । त्यो सम्झौता नहुँदा अहिले दुःख पाएँ र यो कार्यक्रम बन्द गर्नुपरेको छ ।’ अब आउँदा दिनमा कुनै पनि कार्यक्रम तथा काम गर्दा पहिलो सम्झौता गर्ने पनि नेपालले बताए ।

जितुको कथन अनुसार कमेडी क्लबका मुख्य कलाकार उमेश राई अर्थात् फुलन्देकी आमालाई सम्बन्धित विज्ञापन एजेन्सीले मुख्य उद्घोषक बनाएर डान्स च्याम्पियनमा अनुबन्धित ग¥यो । फुलन्देकी आमा आफ्नो कार्यक्रमको मुख्य खम्बा भएका कारण निर्माण पक्षले नै फुलन्देकी आमालाई अर्को कार्यक्रममा लगेपछि आफूलाई मुन्द्रेको कमेडी क्लब चलाउन गाह्रो भएको जितुले बताए ।

आफ्नो कार्यक्रमबाट सम्बन्धित विज्ञापन एजेन्सीले कत्ति पनि घाटा नसहेको बरु हरेक एपिसोडमा केही रकम नाफा नै कमाएको पनि उनले जिकिर गरे तर पनि आफ्नो कार्यक्रमको कलाकारलाई अन्य कार्यक्रममा लगेर मुन्द्रेको कमेडी क्लब नै चलाउन गाह्रो बनाएपछि बन्द गर्नुको विकल्प नरहेको पनि उनले बताए । राजधानी डेली डटकम

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्