अमेरिकामा गायक राजेश पायल राईमाथि दुर्व्यवहार

नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकामा आयोजना गरिएको कार्यक्रममा गायक राजेश पायल राईमाथि दुर्व्यवहार गरिएको छ ।

बुद्ध ट्याक्सले अमेरिकाको न्युयोर्कमा आयोजना गरेको ‘न्यु एयर इभ २०२२ कार्यक्रममा प्रस्तुती दिइरहेकै बेला गायक राईमाथि एक व्यक्तिले स्टेजमै गएर दुर्व्यवहार गरेका हुन् ।

ती व्यक्ति को हुन् भन्ने खुलेको छैन । गायक राईले गीत गाइरहेको बेला ती व्यक्तिले राईलाई पछाडिबाट घाटीमा समातेको देखिन्छ । सोपछि उनको प्रस्तुती रोकिएको छ ।

यो घटनाबारे आयोजकले केही बोलेको छैन ।

तर सामाजिक सञ्जालमा यसबारेको भिडियो भाइरल भएपछि उक्त व्यक्तिमाथि कारबाही गर्न दबाब पैदा गरिएको छ ।

आयोजकको निम्तो पाएपछि गायक राई गत २८ डिसेम्बरमा नेपालबाट अमेरिका प्रस्थान गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्