दुर्व्यवहार गर्ने शेर्पाले रक्सी राखेर माफ मागे गायक राजेश पायल राईसँग

गीत गाइरहेका बेला स्टेजमै उक्लिएर वरिष्ठ गायक राजेश पायल राईमाथि दुर्व्यवहार तथा आक्रमण गर्ने व्यक्तिले अन्ततः किराती संस्कार अनुसार रक्सी राखेर गायक राईसँग माफी मागेका छन् ।

न्यू इयर इभ २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा सांगीतिक कार्यक्रममा गीत गाइरहेका बेला अमेरिकामै बस्ने पासाङ दावा शेर्पाले गायक राईलाई पछाडिबाट हातले समातेर लडाउने प्रयास गरेका थिए ।

साेपछि केही बेर राईकाे प्रस्तुती राेकिएकाे थियाे ।

उक्त घटनाकाे भिडियाे सामाजिक संजालमा भाइरल भएकाे थियाे । र उक्त घटनाको चौतर्फी विरोध भएको थियो । उक्त हर्कत गर्ने व्यक्तिको खोजी गरी कडा कारवाही गर्न कार्यक्रमका आयोजक बुद्ध ट्याक्समाथि दबाब आएको थियो ।

अमेरिकामा रहेका पत्रकार शान्तिराज राईका अनुसार शेर्पाले गायक राईसँग रक्सी राखेर माफी मागेका छन् भने राईले पनि माफी दिएका छन् ।

किराती संस्कारमा आफ्नाे गल्ती भए भाेलिपल्ट समाजका सबै अगुवाहरु बसेर रक्सी राखेर ढोकीदिने गरिन्छ ।

शेर्पाले पनि सोही चलन अनुसार गायक राईलाई ढोकेका छन् । र, उनले अब गल्ती नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img