साहित्यकार एवं पत्रकार बिके पाल्पालीको निधन

साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल) को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मेका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो ।

केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन् ।

उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए ।

उनी कानुन व्यवसायीसमेत थिए। पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्