काठमाडौंको कार्यक्रममा आएबापत सलमान खानले ४ करोड ८० लाख पारिश्रमिक लिने

आगामी जेठ १४ गते काठमाडाैंकाे दशरथ रङ्गशालामा आयाेजना हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि भारतीय नायक सलमान खानले ४ कराेड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

कार्यक्रम आयाेजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानले पारिश्रमिकबापत ४ कराेड ८० लाख रुपैयाँ लिनेछन् ।

साे कार्यक्रममा सलमानसहितका भारतीय कलाकारहरुका लागि मात्र पारिश्रमिक वापत ९ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।

कार्यक्रममा सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायतका कलाकार नेपाल आउने छन् ।

नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी गरिएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्