Thursday, August 11, 2022
23.3 C
Diktel

विज्ञानका अनुसार अभिनेत्री एम्बर हर्डकाे अनुहार विश्वकै सुन्दर

फेस म्यापिङ विज्ञानका अनुसार अमेरिकन अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएको पाइएको छ ।

उनकाे अनुहारको सुन्दरताको मापन पीएचआई भनिने परम्परागत अनुहार म्यापिङ प्रविधिको मद्दतले निकालिएको थियो ।

सो प्रविधिमा अनुहारको सुन्दरताको ग्रीक गोल्डेन रेसियो, जुन १.६१८ हो, कति नजिक छ भनेर गणना गर्न प्रयोग गरिन्छ ।

युनिलाडको एक रिपोर्ट अनुसार लन्डनको एडभान्स्ड फेसियल कस्मेटिक र प्लास्टिक सर्जरी केन्द्रका डा. जुलियन डे सिल्भाले पीएचआई प्रयोग गरी गरिएको अध्ययनमा हर्डको अनुहार ग्रीक गोल्डेन रेसियोको तुलनामा ९१.८५ प्रतिशत सही भएको पाए ।

जसले गर्दा उनी सबैभन्दा सुन्दर अनुहार भएकी पत्ता लागेकाे हाे ।

एम्बर हर्ड

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्