सेयर बजारमा करेक्सन : सात उपसमूहको कारोबार घट्यो

बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ ।

बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये टे«डिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।

कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ ।

मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्