घट्याे इन्धनकाे मूल्य, पेट्राेल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेल १७२

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आयल निगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुने गरी इन्धनको मूल्य घटाएको हो ।

निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले घटाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएकाे छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ भएकाे छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ ।

यसैगरी अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ दशमलव ६५४ डलरबाट घटाएर १ दशमलव ४२० डलर कायम गरेको छ ।

निगमले इन्डियन आयल कर्पाेरेसनलाई अझै १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत नै राखिएको जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्