काठमाडाैंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

काठमाडाैं । काठमाडाैंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न नपाइने भएकाे छ ।

काठमाडाैं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएकाे छ । महानगरले गत मंगलबार एक सूचना निकालेर उक्त प्रतिबन्ध लगाएकाे हाे ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको सूचनामा उल्लेख छ ।

महानगरपालिकाले निषेध गरेको कार्य नगर्न सचेत गराउने, कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्