संघीयताले चालू खर्च बढाएकाे हाेइन

सेनाकाे संख्या माओवादी सशस्त्र विद्राेहअघि ४८००० थियाे, अहिले ९८,००० छ । सशस्त्र प्रहरी संगठन थिएन, अहिले ४६००० छ ।

चालू खर्च बृद्विमा यी संगठनकाे ठुलाे भूमिका छ । तथ्यांकले भन्छन्- चालू खर्च प्रदेश र पालिकाहरुकाे कारणले ह‌ैन, भारिभरकम केन्द्रीय संरचनाले बढेकाे हाे ।

प्रहरी संगठन मर्ज गरे हुन्छ अब । बजेटमा पुँजीगत खर्च १७.२५% भने पनि त्याे शून्य बराबर हाे किनकि राजस्वले न धानेपछि ऋण पाए गर्ने नभए नगर्ने हाे ।

ऋण अहिले नै २२ खर्ब पुग्याे, अझै कति लिने, जति थपे पनि साँवाब्याज तिर्नै पर्याे । शुन्य पुँजीगत खर्च भएकाे देशले विकास गर्न सक्दैन ।

अर्काे कुरा- संघीय संरचना जति सानाे हुन्छ, संघीयता उत्ति नै सफल हुन्छ । संघीयताकाे अर्थ नै केन्द्रलाई कमजाेर, सानाे र सांकेतिक मात्रै बनाउँदै लैजाने हाे ।

शक्ति निक्षेपणकाे सिद्धान्त पनि त्यहीँ हाे । प्रदेश र पालिका जति बलिया हुन्छन्, देश त्यति नै छिटाे विकास हुन्छ ।

(लेखक डम्बर खतिवडाकाे फेसबुकबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्