कोदोको रक्सीलाई ब्राण्ड बनाउन कार्यदल गठन

प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउनका लागि सोमबार एक कार्यदल गठन गरेकी छन् ।

मन्त्री राईले प्रदेश नं १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी हुन् ।

कार्यदलले कोदोको रक्सीलाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका सम्बन्धमा अध्ययन गरी ४५ दिनभित्रमा मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ ।

कार्यदलका सदस्यहरुमा प्रदेश योजना आयोगका सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ छन् ।

मन्त्री राई नेपाली घरेलु मदिरा कोदोको रक्सीलाई ब्राण्ड बनाएर बजारीकरण गर्नुपर्ने पक्षमा वकालत गर्दै आएकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्