कृषिविद् मदन राईले सुरु गरे कृषकसँग फेसबुक लाइभ कार्यक्रम

कृषिविद् मदन राईले कोरोनाभाइरस नियन्त्रणका लागि देशभर लकडाउन र निषेधाज्ञा भइरहेको बेला कृषि क्षेत्रको विकासका लागि सामाजिक सञ्जाल फेसबुकबाट छलफल सुरु गरेका छन् ।

पछिल्लो समय बढीजसो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मास्थित शुभम् फाउन्डेशनमै बस्दै आएका उनले हरेक शनिबार दिउँसो १ देखि ३ बजेसम्म फेसबुक लाइभमा कृषि सम्बन्धी कुराकानी गर्ने गरी छलफल सुरु गरेका हुन् ।

पहिलो दिन उनले आज एकजना सहयोगीका साथमा फेसबुक लाइभमा आएर कृषि सम्बन्धी विभिन्न जानकारीहरु दिनुका साथै धेरै कृषकहरुले साेधेकाे समस्या र जिज्ञासाको जवाफ दिए ।

शुभम् फाउन्डेशन कृषिविद् राईले नै स्थापना गरेको संस्था हो ।

जहाँ उनले देशका विभिन्न जिल्लाका विभिन्न जाति र समुदायका स-साना बालबालिकाहरु भेला गरी प्राक्टिकलसहितकाे प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेका छन् ।

शुभम् फाउन्डेशनलाई देशकै नमूना शिक्षालयको रुपमा लिइएको छ ।

ललितपुरकाे ढाेलाहिटीमा समेत घर भएका कृषिविद् राईले शुभम् फाउन्डेशन परिसरमै बसेर देशभरका कृषकहरुको समस्या र जिज्ञासा मेटाउँदै कृषकहरुलाई उत्प्रेरणा दिने काम थालेका हुन् ।

भिडियाे हेर्न लिंकमा जानुहाेलाः

https://www.facebook.com/madan.rai.39750/videos/4204985279558874

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्