पृथ्वीनारायण शाह नभएको भए म सम्मानित र समृद्ध मान्छे हुन्थें : मदन राई

हरेक साल पुस २७ गतेको आसपासमा पृथ्वीनारायण शाहका बारेमा बहस हुने गरेको छ ।

एकथरि मानिसहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्छन् भने अर्काथरि मानिसहरु उनलाई एकताको प्रतिक मान्न नसकिने बताउँछन् ।

खासगरी राजतन्त्र र हिन्दुराज्य पक्षधरहरुले पृथ्वीनारायण शाहको जन्यजयन्ती पुस २७ गर्ते पर्ने भएकोले सो दिन सरकारले नै राष्ट्रिय बिदा घोषणा गरी भब्यताका साथ पृथ्वीजयन्ती मनाउनुपर्ने बताउँछन् ।

तर, नेपालका आदिवासी जनजातिसहित खस–आर्य समुदायकै केही बौद्धिक व्यक्तिहरुले भने पृथ्वीनारायण शाहलाई एकताको प्रतिक मान्न नसकिने बताउँछन् ।

यसै सन्दर्भमा कृषिविद् मदन राईले पनि पृथ्वीनारायण शाहलाई एकताको प्रतिकको रुपमा लिन नसकिने आशयको अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहँदै आएको उनले यदि पृथ्वीनारायण शाह नभएको भए नेपालको अहिलेको भूगोलमा आपूm सम्मानित र समृद्ध व्यक्ति हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘पृथ्वीनारायण नभाको भानि र नेपाल नाम नभानि म यो भुगोलको सम्मानित र सम्पन्न मान्छे हुन्थे । मलाई यसमा कुनै शंका छैन ।’

उनको भनाइको आशय पृथ्वीनारायण शाहले भुगोलको एकीकरण गरे पनि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक बहुभाषिक विविधतालाई सम्मान नगरेको र नेपाललाई एकल धार्मिक राज्यमा परिणत गरेको भनेर बुझ्न सकिन्छ ।

किनकि नेपाल पछि पर्नुको एक कारण धार्मिक अन्धविश्वास पनि रहेको कृषिविद् राईले बताउँदै आएका थिए ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्