यस्तो छ खानेतेलको मूल्य बढ्नुको कारण

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ बढेको छ । सबभन्दा बढी सूर्यमुखी तेल (सनफ्लाे) र भटमासको तेल (सोयाविन तेल)को मूल्य बढेको छ ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार गत वर्षको वैशाखमा सूर्यमुखी तेल प्रतिलिटर १५५ रहेकोमा अहिले २७५ रुपैयाँ पुगेको छ ।

भटमासको तेल प्रतिलिटर १६० रहेकोमा अहिले २७० रुपैयाँ पुगेको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० रहेकोमा हाल २७० र तोरीको तेल प्रतिलिटर २५० रहेकोमा हाल ३२० रुपैयाँ पुगेको छ ।

मूल्यवृद्धिको कारण

खानेतेल उद्योगीहरुकाअनुसार तेलको मूल्य बढ्नुको कारण तेल उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थको उच्च मूल्यवृद्धि हो ।

नेपालमा हाल खानेतेल उत्पादन गर्ने २० वटा कम्पनीहरु छन् । तर ती कम्पनीहरुले तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाटै ल्याउनुपर्छ ।

नेपाल खानेतेल उत्पादनका लागि विदेशकै भर परिरहेको छ ।

नेपालमा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायत मुलुकबाट खानेतेल उत्पादनको कच्चा पदार्थ ल्याउने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि र नेपालमा भन्सार महसुल, कर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि आदि कारणले खानेतेलको मूल्य आकाशिएको हो ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६१६ डलरमा खरिद गरिएको कच्चा भटमासको तेल हाल बढेर १ हजार २७९ डलर पुगेको छ ।

युक्रेनबाट एक वर्षअघि प्रतिटन ६५६ डलरमा खरिद गरिएको कच्चा भटमासको तेल हाल १ हजार ५८० डलर पुगेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्