Wednesday, February 8, 2023
11.8 C
Diktel

फेरि मूल्यवृद्धिः पेट्रोल प्रतिलिटर १४५, मट्टितेल १२८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । हिजाे (शनिबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

यसअघि निगमले गत माघ १८ गते मूल्य बढाएको थियो ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार नेपालमा मूल्य वृद्धि भएको निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्