साकेला गाउँपालिकाको बजेट ३२ करोड २३ लाख, कांग्रेसद्वारा बहिष्कार

खोटाङस्थित साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ करोड २३ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

बिहीबार सम्पन्न गाउँसभाले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम र गाउँपालिकाको आन्तरिक राजश्वबाट संकलन हुने रकमको प्रक्षेपण गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ करोड ५० लाख, राजश्व बाँडफाटअन्तर्गत ५ करोड ४ लाख १४ हजार, ससर्त अनुदानस्वरुप १६ करोड ८४ लाख गरी जम्मा २९ करोड ४० लाख १४ हजार प्राप्त गर्नेछ ।

गाउँसभाले कूल बजेटको ससर्त अनुदान, विशेष अनुदान, समपूरक बाहेक बजेटबाट प्रशासनिक खर्च (चालू) तर्पm ५ करोड ६ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

कांग्रेसको बहिष्कार

बजेट निर्माण प्रक्रियामा असहमति जनाउँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का (झंकार)ले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा हस्तक्षेप गरी एकलौटी ढंगले बजेट ल्याएको भन्दै उपाध्यक्ष सरिता खड्कासहितका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेका हुन् ।

उपाध्यक्ष खड्कासहित वडा नं १ का बाँझेच्यानडाँडाका अध्यक्ष विजय गुरुङ, वडा नं ४ विर्ताका अध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले बैठक बहिष्कार गरेका हुन् ।

उनीहरु सबै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

कांग्रेस निकट जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरे पनि गाउँसभाले आगामी आवकाे बजेट तथा कार्यक्रम पास गरेकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्