जीवन विकासकाे आइपिओ बुधबार बाडफाँट हुने

जीवन विकास लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेकाे प्राथमिक शेयर (आइपिओ) भोलि बुधबार बाडफाँट गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान ९ बजे आइपिओ बाडफाँट हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । यो अन्तिम तथ्यांक नभएकोले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्