सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ बिक्री खुला

सानिमा लाइफ इन्स्योरेन्सले आज (साउन २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपिओ) निष्कासन गरेकाे छ ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेकाे हाे ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकाे छ ।

यस कम्पनीको आईपिओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।

यस कम्पनी आईपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय आईपिओमा आवेदन दिने संख्या २१ लाखकाे हराहरी पुगिसकेका छन् । जसका कारण गोला प्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता सेयर पाउने अनुमान छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्