एक महिना (साउन)मै नेपालबाट २० अर्ब रुपैयाँकाे निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै नेपालको निर्यात व्यापार २० अर्ब रुपैयाँ नाघेको छ ।

कुनै एउटा आर्थिक वर्षको पहिलो महिनामै यति ठूलो रकम बराबरको निर्यात भएको पहिलो पटक हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा नेपालले २० अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो ।

यो अघिल्लो आवको सोही महिनाको तुलनामा ११५.८५ प्रतिशतले बढी हो । गत साउनमा नेपालले नौ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

नेपालको निर्यातमा देखिएको यस्तो उछाललाई भटमासको तेलको सहयोग पु-याएको छ । साउनमा मात्रै आठ अर्ब ९८ करोड रुपैयाँको भटमास तेल निर्यात भएको विभागको तथ्याङ्क छ ।

त्यसपछि ९४ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ । कच्चा भटमास र पाम आयात गर्ने र त्यसलाई प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्तिले पनि निर्यात अत्यधिक बढेको देखिएको हो ।

यस्ता वस्तु नेपालबाट भारतमा निर्यात हुने गर्छन् । पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि पनि निर्यात बढेको देखिन्छ ।

नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा रहेको छ ।

विभागका अनुसार नेपालबाट ७९ करोड रुपियाँको सूर्यमुखी तेल निर्यात भएको छ । त्यस्तै ६१ करोड रुपियाँ बराबरको ऊनी कपडा निर्यात भएको तथ्याङ्कले देखाउँछ । गाेरखापत्र दैनिक

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्