सामलिङ्ग पावरको आईपीओ १८ भदौदेखि

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १८ भदौ (शुक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका पाँच लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात तीन लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ ।

इलाममा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण आईपीओ निष्काशन स्थगित गरिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन छिटोमा १ असोजमा र ढिलोमा १७ असोजमा हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्