प्रतिस्थापन विधेयकका विशेषता :

१. वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगको शुरुवात,

२ कोभिड-१९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने,

३. सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १०% कटाैती, त्यसबाट बचेकाे ५ अर्ब काेभिड खाेप खरिदमा लगाइने,

४. मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सरपीडित र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने,

५. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्ति भत्ता दिइने,

६. कोभिड-१९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट,

७. कृषि तथा पशु बीमाकाे प्रिमियममा ८०% अनुदान दिइने,

८. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति,

९. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने,

१०. पहिलो पटक अनलाइन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै,

११. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने,

१२. सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउने गरी कानूनी प्रवन्ध मिलाइने लगायत… ।

(अर्थमन्त्री जनार्दन शर्माकाे फेसबुकबाट ।)