सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजकाे बजार भाउ

साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्