निफ्राले ८.५ प्रतिशत लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ ।

गत माघमा हात खाली नहुने गरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको यस कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्