न्यादी हाइड्रोपावरकाे आईपीओ बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० कराेड ८९ लाख १५ हजार रूपैयाँ बराबरकाे शेयर खरिदका लागि आवेदन दिएका थिए ।

जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि-आस्वाले अस्वीकृत गरेकाे छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा साे शेयर बाँडफाँट गरिएकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्