फेरि मूल्य वृद्धि : खाना पकाउने ग्यास ७५ रुपैयाँ, पेट्रोल ३ रुपैयाँ बढ्यो

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५७५ रुपैयाँ पुर्याएकाे छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ । डिजेल र मटितेल लिटरकाे मूल्य ११९ रुपैयाँ पुगेकाे छ ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ ।

निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्