इन्धनकाे मूल्य वृद्धिविरुद्ध ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने

सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि विभिन्न पार्टी निकट ६ वटा विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन् ।

इन्धनको मूल्य वृद्धिकाे विराेधमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं लगायत ६ वटा विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका हुन् ।

विद्यार्थी संगठनका अध्यक्षहरुले बिहीबार संयुक्त प्रेश विज्ञप्ति जारी गरी तत्काल इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले मूल्य वृद्धि फिर्ता लिन माग राख्दै बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्तालयका सचिवलाई भेटेर ज्ञापनपत्र बुझाउने, कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारलाई प्रवेश निषेध तथा घेराउ गर्ने, कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो व्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस कार्यक्रम आयोजना जनाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्