कालीकाेटकाे पचालझरना गाउँपालिकामा पशुपालक किसानलाई ‘गोठालो भत्ता’

कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो ।

कार्यविधिअनुसार ५० देखि एक सय भेडाबाख्रा पाल्ने किसानलाई मासिक रु एक हजार तथा १०० भन्दा बढी भेडाबाख्रा पाल्नेलाई मासिक रु दुई हजारका दरले गोठालो भत्ता दिदैँ आएको छ ।

सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख वीरेन्द्रबहादुर बमले बताए ।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ’, उनले भने, ‘यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ ।’

उनका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन् । त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान ६ जना रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्