नेपालमा घट्यो विद्युत् उत्पादन, भारतबाट आयात सुरु

स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ ।

नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो ।

प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार अहिले आयात गरिएको विद्युत् विगतमा भारतको बिहार राज्यलाई दिइएको सापटी बिजुलीबाट ल्याउन थालिएको हो ।

आइतबार २०२ मेगावाट/घण्टा मात्र आयात गर्नुपरेको हो तर यही समयमा एक हजार ६० मेगावाट/घण्टा निर्यात पनि भएको छ ।

प्राधिकरणले गत साउन भदौ र असोजमा बिहारले मागअनुरूपको बिजुली सापटीस्वरूप दिएको थियो तर सापटीको बिजुली आयात गरेर मात्र पुग्ने अवस्था नरहने प्राधिकरणको प्रक्षेपण छ ।

यो वर्ष उद्योगमा १०० मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति थपिएको छ ।

ती उद्योगको ऊर्जा डिमान्डको प्रकृति कस्तो रहला भन्नेमा प्राधिकरणले यकिन गर्नसकेको छैन ।

भट्टराईले भने, “विगतका वर्षमा कोरोना महामारीका कारण बन्द भएका तथा नयाँ जडान भएका उद्योगले दैनिक कति र कुन समयमा डिमान्ड गर्लान्, त्यो यकिन छैन । अहिलेको अवस्था हेर्दा माग त रामै्र हुन्छ भन्ने अपेक्षा छ । ” गाेरखापत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्