Wednesday, February 8, 2023
11.8 C
Diktel

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गत ब्रदर्स अटो प्रालिले सुविधासम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सँगै बजाज मोटरसाइकल शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो ।

यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले बताए ।

यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरे ।

एक दिनमा २० ओटाभन्दा बढी बाइक सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाका लागि प्रतिक्षालय पनि सुविधा छ ।

नयाँ आउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिजका लागि समेत सहज बनाउने कम्पनीले जनाएकाे छ ।

टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै  ब्रदर्स अटोका संचालक बिनोद चौलागाईंले भने, ‘टोखा आउट लेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्