गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । याे समयमा घमौरा, घाउ, खटिराजस्ता समस्याबाट धेरै बालबालिका बिरामी पर्छन् ।

बालबालिकामा घमौरा

तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’काे सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन् ।

गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मेका बालबच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास नहुँदा घमौराको समस्या बढी देखिन्छ ।

कसरी जोगिने ?

गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । बालबच्चालाई घाममा निस्कन दिनु हुँदैन । हल्का पातलो, खुकुलो सुतिको कपडा लगाइदिनुपर्छ । गुम्सिने, साँघुरो र बाक्लो कपडा प्रयोग गर्न दिनुहुँदैन ।

बालबच्चालाई सक्दो शितलमा ठाउँमा राख्नुपर्छ । घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ । पुछेपछि त्यो भागलाई हावामा सुक्न दिनुपर्छ ।

गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन । सरसफाईमा ध्यान दिनुपर्छ । घरमै हेरचाह गर्दा पनि घाउ खटिरा निको नभएमा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानु पर्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्