काठमाडाैं । दैनिक सही मात्रामा काजु खानु स्वास्थ्यका लागि धेरै फाइदा छ ।
काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमकाे राम्रो स्रोत हो ।
काजु खानुका फाइदाः
काजु खाँदा हड्डी बलियो हुन्छ । काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ ।
काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ । त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।
जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ । काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ ।
दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ । काजु खाँदा मोटोपना कम हुन्छ । यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ ।
काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ ।
तर
मिठाे लाग्याे भन्दैमा दिनमा ३–४ वटा भन्दा बढी वा बढीमा ५ वटा मात्रै काजु खानु राम्राे हुन्छ । धेरै काजु खाँदा पेट खराब हुन सक्छ ।