किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।

चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाइ छ ।

जाडो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिने गरी बस्नु हुँदैन ।

‘जाडो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ,’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम विष्ट भन्छन् ।

डा. विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन् ।

बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन ।

स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुने भन्दै डा. विस्ट भन्छन् ।

२ वर्ष लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ ।

यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने,  धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ ।

बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा. विस्टको सल्लाह छ ।

बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ ।

बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ ।

वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ ।

पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन ।

अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ ।

तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ ।

मुटुको कारण हुन सक्छ दम

डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ ।

बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ ।

वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी (पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ ।

दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ

दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन ।

धुम्रपान छोड्नु पर्छ,  धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ ।

पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ ।

जथाभावी अक्सिजन नलगाउँ

प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा. विष्टको सुझाव छ ।

शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ ।  हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ ।

तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।’

मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनुपर्छ ।

कहिलेकाँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ ।

कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ ।

नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध छन् । डा. विष्ट भन्छन्, ‘भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्