काँचो आँप स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ। पोषणविद्हरूका अनुसार यसमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई फ्री रेडिकलको असरबाट जोगाउँछ।
यदि काँचो आँपलाई नियमित आहारमा समावेश गरियो भने यसले शरीरमा विभिन्न प्रकारका फाइदा पुर्याउँछ।
गर्मीबाट जोगाउँछ
गर्मीमा डिहाइड्रेसन र हीट स्ट्रोक हुने खतरा बढ्छ। यस्तोमा काँचो आँपले शरीरलाई भित्रबाट शीतलता दिन्छ र पानीको मात्रा सन्तुलित राख्छ। यसबाट तयार पारिने अमिलो–मीठो पनाको जुस (पन्ना) इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ, जसले शरीरलाई ताजगी दिन्छ।
पाचनमा सहयोगी
काँचो आँपमा फाइबर र पेक्टिन हुन्छ, जुन पाचन प्रणालीलाई बलियो बनाउने तत्वहरू हुन्।
यसले कब्जियत, ग्याँस र अपचको समस्या कम गर्छ। खाना अघि नुन र कालो मरिच मिसाएर खाएको काँचो आँपले भोक बढाउने र पाचन क्रिया सुधार्ने काम गर्छ।
कलेजोको रक्षा
काँचो आँप कलेजोका लागि पनि निकै लाभदायक मानिन्छ। यसले कलेजोलाई डिटक्स गर्न मद्दत गर्छ, पित्तको स्राव नियन्त्रण गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ।
छाला र कपालका लागि फाइदाजनक
काँचो आँपमा पाइने भिटामिन र एन्टिअक्सिडेन्टले छालालाई प्राकृतिक चमक दिन्छ र कपाललाई बलियो बनाउँछ। विषाक्त पदार्थ बाहिर निस्कँदा छालाको गुणस्तरमा सुधार आउँछ र कपाल झर्ने समस्या पनि कम हुन्छ।