Saturday, April 1, 2023

दैनिक धेरै घण्टा काम गर्नु स्वास्थ्यका लागि हानिकारक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक रिपोर्ट सार्वजनिक गरी धेरै घण्टा काम गर्ने मानिसहरुको मृत्यु हुने संख्या बढ्दै गइरहेको जनाएकाे छ ।

धेरै घण्टा काम गरेका कारण विश्वमा हजारौं मानिसहरुको निधन भइरहेको छ । कोभिड-१९ महामारीको कारणले मानिसहरुको मृत्यु अझ तीव्र गतिमा हुन सक्ने विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ ।

लामो अवधिसम्म काम गर्नाले सम्बन्धित व्यक्तिले आफ्नो जीवन गुमाएको एक अध्ययनले देखाएको छ ।

हप्तामा ५५ घण्टा तथा त्यो भन्दा बढी काम गर्नु स्वास्थ्यका लागि गम्भीर जोखिम भएको विश्व स्वास्थ्य संगठनकी पर्यावरण, मौसम परिवर्तन र स्वास्थ्य निर्देशक मारिया नीराले बताएकी छन् ।

यस सूचना मार्फत श्रमिकहरुको बढी मात्रामा संरक्षण गर्न चाहेको उनले स्पष्ट पारेकी छन् ।

डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा गरिएको संयुक्त अध्ययनले देखाएको तथ्याङ्कमा धेरैजसो पीडितहरुमा ८२ प्रतिशत देखिएको छ, जसमा मध्यम उमेरका बढी थिए ।

दक्षिण पूर्व एसिया र पश्चिमी प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसरूलाई यो समस्या देखिएको छ । जसमा चीन, जापान र अष्ट्रेलिया बढी प्रभावित मुलुकमा परेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्